प्रहरीकै अगाडि वडाध्यक्षमाथि आक्रमण, प्रहरीले मुद्धा दर्ता गर्न मानेन

कमल प्रभात

काठमाडौं

कञ्चनपुरकोे वेदकोट नगरपालिका–५ का वडा अध्यक्ष गणेश विकमाथि स्थानीय युवाले सांघातिक आक्रमण गरेका छन्।

शनिबार स्थानीय राजेन्द्र बोहोरा र धनराज बोहोराले उनीमाथि ढुंगा प्रहार गरी अन्धाधुन्ध आक्रमण गरेका हुन्।

आक्रमणबाट गम्भीर घाइते भएका विकको महकाली अस्पतालका उपचार भइरहेको छ।

गाउँमा भएको सामान्य विवाद मिलाउन जाने क्रममा आफुलाई मदिरा सेवन गरी आएका राजेन्द्र र धनराजले ढुंगा प्रहार गरी आक्रमण गरेको अध्यक्ष विकले बिएल नेपाली सेवासँग बताएका छन्।

‘मलाई ज्यान मार्ने गरी आक्रमण गरियो, अध्यक्ष बिकले भने, भाग्यवस बाँच्न सफल भएँ।’

आक्रमणको क्रममा ती युवाहरुले जातीय रुपमा होच्याएर गाली गलौज समेत गरेको विकले बताएका छन्।

उनीमाथि आक्रमण हुँदा सोही स्थानमा रहेका प्रहरीले युवालाई पक्राउ गरेको छ।

प्रहरीले युवालाई पक्रउ गरेपनि मुद्धा दर्ता गर्न नमानेको अध्यक्ष विकले बताएका छन्।

‘ममाथि आक्रमण भएपछि जिल्ला प्रहरी कार्यलय कंचनपुरमा मुद्धा दर्ता गर्न पुगेको थियौं। तर, घटनाको प्रत्यक्षदर्शी प्रहरीले मुद्धा दर्ता गर्न मानेन्।’

विक ज्यान मार्ने उद्योग र जातीय विभेदविरुद्ध मुद्धा दर्ता गर्न प्रहरी कार्यलय पुगेको थिए। विक माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित भएका हुन्।

प्रकाशित मिति: : 2021-03-15 11:31:00

प्रतिकृया दिनुहोस्