बार्सिलोनासँग हुयस्का ४-१ ले पराजित 

Photo : Barcelonafc
Photo : Barcelonafc

स्पेनिस ला लिगा फुटबलमा हुयस्कालाई बार्सिलोनाले पराजित गरेको छ। 

सोमबार राति भएको खेलमा बार्सिलोनाले हुयस्कालाई ४-१ गोलको अन्तरले पराजित गरेको हो। बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरेका थिए।

उक्त खेलसँगै मेस्सीले बार्सिलोनाका लागि ७ सय ६७ औं खेलको कोशेढुंगासमेत पुरा गरेका छन्।

प्रकाशित मिति: : 2021-03-16 07:02:00

प्रतिकृया दिनुहोस्