कोरोना संक्रमित भाजपा नेता गान्धीको निधन

Photo - Twitter/@DilipGandhiMP)
Photo - Twitter/@DilipGandhiMP)

कोरोनाभाइरस संक्रमित भारतीय जनता पार्टी (भाजपा)का नेता दिलिप गान्धीको निधन भएको छ।

पूर्व केन्द्रीय मन्त्री गान्धीको बुधबार दिल्लीको एक निजी अस्पतालमा निधन भएको भाजपा केन्द्रीय कार्यालय जानकारी दिएको छ।

पछिल्लोपल्ट उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि अस्पतालमा भर्ना गरिएको थियो। कोरोनाभाइरस भाजपा नेता गान्धीको उपचारको क्रममा निधन भएको अस्पताल स्रोतले बताएको छ।

गान्धी पूर्व प्रधानमन्त्री अटल बिहारी बाजयेयी नेतृत्वको सरकारमा मन्त्री बनेका थिए।

प्रकाशित मिति: : 2021-03-17 11:14:00

प्रतिकृया दिनुहोस्