भेटिएको चित्रबाट उठ्दैछ, ९० सालमा ध्वस्त भाइदेगः

देशसञ्चार

ललितपुर 

गिरीश गिरी

टुक टुक– ट्वाक ट्वाक। पुल्चोकबाट अघि बढ्दै गर्दा जुन मोडबाट पाटन दरबार स्क्वायर देखिन सुरु हुन्छ, त्यहीँ यो सातादेखि फेरि यस्तो अवाज सुनिन थालेको छ।

कोरोना कहर साम्य हुँदै गएपछि उपत्यकाका सार्वजनिक स्थलहरु उसैगरी गुलजार हुन थालेका छन्। यो घुइँचोमा अघि बढिरहँदा कुनाकाप्चातिर खासै ध्यान पनि जाँदैन। त्यसैले यो घेरिएको स्थान एक हिसाबले छोपिएकै अवस्थामा छ।

त्यही छोपिएको ठाउँ भित्र कालिगढहरुले दिनभर काठलाई खोपिरहेका हुन्छन्। यसरी तयार भएका ढोका, तोरण र टुँडालहरु धमाधम जोडेर छेउमै एउटा लोभलाग्दो मन्दिर पनि उभिँदै गरेको देखिन्छ।

के यो मन्दिर पहिले यहाँ थियो?

हो। थियो। तर, ८७ वर्ष पहिले थियो।

हिजोअस्ति त देखिन्थेन नि?

हो, थिएन।

१९९० सालको भुइँचालोले ध्वस्त भएपछि मन्दिर भएकै ठाउँमा हिजोअस्तिसम्म बज्रको थुप्रो लगाइएको एउटा गुम्बज आकृति मात्र थियो।

प्रकाशित मिति: : 2021-03-17 20:12:00

प्रतिकृया दिनुहोस्