‘निर्वाचित तानाशाही’: भारतमा लोकतन्त्र खस्किँदो अवस्थामा

बिबिसी

काठमाडाैं
GETTY IMAGES

भारतको लोकतन्त्रको सूचकाङ्क हालैका दिनमा खस्किँदै गएको छ।

विश्वको सबैभन्दा ठूलो लोकतन्त्रका रूपमा गर्व गर्ने देशका निम्ति यो पीडादायी समाचार हो।

भारतमा के भइरहेको छ?

यसै महिनाको सुरुमा प्रकाशित वार्षिक प्रतिवेदनमा अमेरिकास्थित फ्रीडम हाउसले भारतलाई 'स्वतन्त्र लोकतन्त्र'बाट 'आंशिक स्वतन्त्र लोकतन्त्र' को रूपमा 'घटुवा' गर्‍यो।

अघिल्लो हप्ता स्वीडन मुख्यालय भएको भी-डेम इन्स्टिट्यूटले लोकतन्त्रको आफ्नो प्रतिवेदनमा अझ कडा धारणा राख्दै भारत 'निर्वाचित तानाशाही' भएको देश बनेको उल्लेख गर्‍यो।

गत महिना द इकोनमिस्ट इन्टेलिजन्स यूनिटले प्रकाशन गर्ने डिमोक्रेसी इन्डेक्समा भारत दुई स्थान खस्किएर ५३ औँ स्थानमा रहन पुग्यो। उक्त पत्रिकाले भारतलाई 'त्रुटिपूर्ण लोकतन्त्र' का रूपमा व्याख्या गरेको थियो।

यी सूचकाङ्क प्रकाशन गर्नेहरूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टीले नेतृत्व गरेको सरकारले लोकतन्त्रलाई पछाडि धकेलिरहेको आरोप लगाएका छन्।

मोदी सत्तामा रहँदा मानवाधिकारवादी समूहहरूमाथि दबाव बढेको, पत्रकार र अभियानकर्ताहरूले धम्की खेपिरहेको र विशेषतः मुसलमान समुदायमाथि आक्रमण भइरहेको उनीहरूको भनाइ छ। यसले भारतमा राजनीतिक र नागरिक स्वतन्त्रता कमजोर बनाएको उनीहरूले जनाएका छन्।

प्रकाशित मिति: : 2021-03-20 08:41:00

प्रतिकृया दिनुहोस्