'खलासी भनेर हेप्नेहरूले र्‍याप गाएको सुनेपछि प्रशंसा गर्न थाले' (भिडिओ)

सेतोपाटी

काठमाडाैं

गितार सेसनः आमाबुबाको सम्बन्धमा दरार आएपछि छोराछोरीको हुर्काइ जटिल बन्छ। सुमन बाइवाले पनि सानै उमेरमा पारिवारिक समस्या भोग्नु पर्‍यो। उनका बुवाले दोस्रो विवाह गरे। 

घरमा आर्थिक समस्याले घेरेपछि सुमनकी आमा गलैंचा बुन्ने काम गर्न थालिन्। सुमनलाई पनि पैसा कमाउनु थियो। काम खोज्दै उनी काभ्रेबाट काठमाडौं आए।  

सुरूमा होटलमा काम गरेका उनी गाडीमा सहचालकका रूपमा काम गर्न थाले।

गाडीमा हिँड्दा उनी र्‍याप सुनेर रमाउँथे। गाडी क्षेत्रका उनको वरिपरिका मान्छेले पनि र्‍याप खुब मन पराउने रहेछन्। 

र्‍यापमा आफ्नै भावना पोख्न उनलाई रमाइलो लाग्न थाल्यो। जान-अन्जानमा र्‍याप गाउन थालेपछि उनी साथीमाझ र्‍यापरका रूपमा चिनिन थाले।

त्यसपछि सामाजिक सञ्जाल र युट्युबमा फ्रि-भर्स अपलोड गर्दै उनले र्‍याप रेकर्ड गर्न थाले। हालसम्म तीन वटा आफ्नै र्‍याप सार्वजनिक गरेका सुमनले तामाङ भाषामा पनि र्‍याप गाएका छन्। 

सेतोपाटी गितार सेसनमा 'नक्कली कान्छी' बोलको तामाङ र्‍याप सुनाउँदै उनले भने, 'गीत रेकर्ड गरिसकेको छु। यो तामाङ र्‍याप भिडिओ बनाएर सार्वजनिक गर्ने सोच छ।'

प्रकाशित मिति: : 2021-03-20 22:25:00

प्रतिकृया दिनुहोस्