कलकत्ता उच्च अदालतको पश्चिम बंगाल सरकारलाई आदेश- दुर्गाप्रसादको परिवारले क्षतिपूर्ति मागे दिनू

सेतोपाटी

काठमाडौं

कलकत्ता उच्च अदालतले ४० वर्षपछि भारतीय जेलबाट रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिनाको परिवारले क्षतिपूर्ति मागे दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ।

इलामका तिम्सिनाको मुद्दामाथि फैसला गर्दै सोमबार कलकत्ताको उच्च अदालतले उनका परिवारले मागे कानुन अनुसार क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई निर्देशन दिएको दुर्गाप्रसादको मुद्दा लडिरहेका वकिल हिरक सिन्हाले जानकारी दिए।

सिन्हाका अनुसार अदालतले दुर्गाप्रसादको मुद्दा विरलै हुने भन्दै अदालतले यस्तो आदेश दिएको हो।

‘कानुन अनुसार क्षतिपूर्ति दिनू भनिएको छ। क्षतिपूर्ति कति हुन्छ अहिले भन्न सकिन्नँ,’ सिन्हाले भने।

यस्तै अदालतले पश्चिम बंगाल राज्यभरिका विभिन्न जेलमा रहेका मानसिक रोगीको अवस्थाबारे दुई दिनभित्र अदालतलाई जानकारी गराउन निर्देशनसमेत दिएको छ।

प्रकाशित मिति: : 2021-03-22 14:38:00

प्रतिकृया दिनुहोस्