आयातकै भरमा भान्छा

भान्छामा अत्यधिक उपभोग हुने प्याज साउनदेखि आठ महिनामा २ अर्ब ७९ करोड रुपैयाँको आयात भएको छ। त्यो भनेको ७१ हजार ३ सय ४० टन हो। यही अवधिमा विदेशबाटै १ अर्ब १२ करोडको १० हजार ३ सय ११ टन लसुन भित्रिएको छ। आलु नै ६ अर्ब ४५ करोड रुपैयाँको २ लाख ५१ हजार ९ सय ३४ टन आयात भयो।

आयात-निर्यात व्यापारबारे भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो ८ महिनाको तथ्यांक हो यो। अझै प्याज, लसुन र आलुको बियाँ (बीउ) आयातको तथ्यांक यसमा समेटिएको छैन। यी कृषिउपजबाट बनाइने विभिन्न प्रकारका खाद्य पदार्थको तथ्यांक पनि यसमा छैन।

सामान्य कृषि उपजसमेत भारतसहित तेस्रो मुलुकबाट आयात हुँदा नेपाली भान्छा आयातमा निर्भर बन्दै गएको तथ्यांकले देखाउँछ। कृषि विज्ञ डा. कृष्णप्रसाद पौडेल यसलाई डरलाग्दो अवस्था मान्छन्।

प्रकाशित मिति: : 2021-03-23 08:29:00

प्रतिकृया दिनुहोस्