भक्तपुरमा पहिलो केएफटीसी नकआउट फुटसल टुर्नामेन्ट हुने भएको छ। टुर्नामेन्ट चैत १४ गते शनिबार हुने भएको हो।
ख्वप फुटसल एण्ड ट्रेनिङ सेन्टर (केएफटीसी) को आयोजनमा भक्तपुर जिल्ला फुटवल संघसँंग समन्वय गरी प्रतियोगिता हुन लागेको हो।
प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरलगायतबाट गरी करिव दुई दर्जन भन्दा वढी टिमले प्रतिस्पर्धामा भाग लिने अपेक्षा आयोजकले लिएको छ। हालसम्म दुई दर्जन टिमहरुले प्रतिस्पर्धाका लागि सम्पर्क गरिसकेको आयोजकले जनाएको छ।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न गठित समितिका संयोजक इन्देश अवालले प्रतियोगितामा पहिलो, दोश्रो टिम र अन्य विभिन्न विधामा पुरस्कार तथा प्रमाणपत्र दिने जानकारी गराए।
पहिलो टिमलाई २० हजार नगदसहित मेडल, ट्रफी तथा प्रमाणपत्र, दोश्रो हुने टिमलाई १० हजार नगदसहित मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गर्ने उनले जनाए। साथै वेष्ट प्लेयर, वेष्ट किपर, फेयर प्ले टिमलाई पनि मायाको चिन्हो, प्रमाणपत्र प्रदान गर्ने योजना रहेको उनले बताए।
प्रतियोगिताको प्रमुुख अतिथिको रुपमा फुटवलका पूर्व राष्ट्रिय खेलाडी बाबुकाजी धौबन्जार हनेछन्। साथै पुरस्कार तथा प्रमाणपत्र पनि धौबञ्जारबाट प्रदान गर्ने जनाइएको छ।
यसअघि पनि ख्वप फुटसल एण्ड ट्रेनिङ सेन्टरले भक्तपुरमा विभिन्न फुटसल टुर्नामेन्ट गरिआएकोमा केएफटीसी नकआउट फुटसल टुर्नामेन्ट हुन लागेको यो पहिलो हो।
कोरोनासँंगै असामान्य भएको जनजीवनलाई समान्य बनाई नागरिकलाई स्वास्थ्य राख्न सहयोग गर्ने उद्देश्यका साथ प्रतियोगिता गर्न लागेको जनाइएको छ।
प्रतियोगिता भक्तपुरको सूर्यविनायक सुन्दरवस्तीस्थित ख्वप फुटसल एण्ड ट्रेनिङ सेन्टरमा हुनेछ। ख्वप फुटसल एण्ड ट्रेनिङ सेन्टरले जुनियर टिम अन्तर्गत अन्डर १५ लाई फुटसल तालिम पनि दिंदै आएको छ।
आमागी दिनमा ख्वप फुटसल एण्ड ट्रेनिग सेन्टरले भक्तपुर जिल्ला फुटवल संघसँंग समन्वय गरी स्कुलस्कुलका विद्यार्थीलाई फुटसल तालिम दिने योजना रहेको कोच विकेश सुवालले बताए।