यसरी मात्र पाउन सक्छ बिएन्डसी मेडिकल कलेजले सम्बन्धन

सेतोपाटी

काठमाडाै‌ं

जीवन क्षेत्री/प्रितम सुवेदी

'अबको चुनावपछि बाम गठबन्धनको सरकार बन्नेछ। त्यसले सम्बन्धन रोक्ने एजेन्टहरूको चुरीफरी बन्द गरिदिनेछ। ऐन संशोधन गरेरै भए पनि दुई महिनाभित्र सम्बन्धन दिइनेछ।'

यी शब्दहरू हालका प्रधानमन्त्री केपी ओलीले करिब तीन वर्षअघि चुनावी माहोलका बीच बिएन्डसी अस्पतालमा आयोजित पूर्वाञ्चल स्वास्थ्य महोत्सव उद्घाटन कार्यक्रममा बोलेका हुन्।

चुनाव भयो बाम गठबन्धनले झन्डै दुई तिहाई बहुमत प्राप्त गर्‍यो। बाम गठबन्धनकै सरकार बन्यो। तर दुई महिना बित्यो, दुई वर्ष बित्यो, कलेजले सम्बन्धन पाएन, अहिलेसम्म पाएको छैन।

आखिर नेपालको दक्षिण पूर्वी कुनामा खुल्न लागेको एउटा मेडिकल कलेजलाई किन यस्तो अर्घेल्याइँ? काठमाडौंमा त पहिल्यै मेडिकल कलेज र अस्पताल धेरै भएर नयाँ रोकिनु ठिकै हो। तर सुदूरपूर्वमा पूर्वाधार पुर्‍याएर नयाँ मेडिकल कलेज  खुल्छ भने त्यसलाई किन रोक्नु? अहिले यस्ता विभिन्न प्रश्न सोधिने गरेका छन्।

डा. गोविन्द केसी नेतृत्वको स्वास्थ्य तथा मेडिकल शिक्षा सुधारको अभियानका सदस्य भएको नाताले यी प्रश्नको जवाफ दिनु हामी कर्तव्य सम्झन्छौं।

प्रकाशित मिति: : 2021-03-24 14:44:00

प्रतिकृया दिनुहोस्