प्रदेश नं २ बाट १८ जना कराँते खेलाडी छनोट

धनुषाको धनुषाधाम नगरपालिकाको धारापानीमा हुने राष्ट्रिय सितोरियो कराँते प्रतियोगिताका लागि प्रदेश नं २ बाट १८ जना महिला र पुरुष खेलाडी छनोट भएका छन्। 

ढल्केवर सितोरियो कराँते डोजोको आयोजनामा बुधबार धनुषाको ढल्केवरमा आयोजित प्रदेश नं २  स्तरीय सितोरियो कराँते छनोट प्रतियोगिताबाट उनीहरु छनोट भएका हुन्। प्रतियोगितामा प्रदेश नं २ का आठवटै जिल्लाबाट विभिन्न उमेर समुहका महिला र पुरुष खेलाडीले भाग लिएको पूर्व कराँते खेलाडी तथा प्रतियोगिताका संयोजक समेत रहेका एमकुमार पुलामीले जानकारी दिए।

प्रतियोगितामा भाग लिन जिल्लास्तरीय प्रतियोगिताबाट छनोट भएर आएका थिए। छनोटमा परेका खेलाडीले धारापानीमा १३ र १४ गते हुन  राष्ट्रिय सितोरियो कराँते प्रतियोगिता भाग लिने संयोजक पुलामीले बताए। 

प्रतियोगिताको उद्घाटन मिथिला नगरपालिकाका नगरप्रमुख हरिनारायण महतोले गरेका थिए। त्यस अवसरमा आठवटै जिल्ला कराँत खेलका प्रशिक्षकलगायत जिल्ला तथा स्थानीय प्रशिक्षकसमेतको उपस्थित थियो ।

प्रकाशित मिति: : 2021-03-24 20:35:00

प्रतिकृया दिनुहोस्