नागरिकतामा भाइभन्दा कान्छो भएपछि...

चितवनको राप्ती नगरपालिका-१३ स्थित कान्दाका सिंगराम चेपाङ गाउँनजिकै सरकारी कार्यक्रम भयो कि लट्ठी टेकेर पुगिहाल्छन्। 

उनको मनभरि अचेल एउटा आश छ- कसैले मेरो उमेर सच्याइदिन सक्छु भनि पो हाल्छ कि! कोही सरकारी मान्छे भेटे उनी यही आश भरिएका नजरले हेर्छन्। गएर आफ्नो गुनासो सुनाउँछन्। 

उनको गुनासो सुने पनि काम गर्दिन्छु भन्ने कोही निस्किएको छैन। आफ्ना दिन घर्किँदै जाँदा नागरिकतामा भएको उमेरले उनलाई हैरान पारेको छ।

उनी विस १९९५ मा जन्मिएका थिए। जन्मले सिंगरामको उमेर अहिले ८२ वर्ष भयो। तर नागरिकतामा उनी ६२ वर्षका भए। उनका भाइ लालसिंह ७१ वर्षका छन्। नागरिकताअनुसार भाइ लालसिंहको भन्दा दाइ सिंगरामको उमेर ९ वर्ष कम देखिन्छ।

 

प्रकाशित मिति: : 2021-03-25 10:02:00

प्रतिकृया दिनुहोस्