तीन वर्षअघि प्रतिबन्ध लगाएको माइतीघर मण्डल आज चाहियो गृहमन्त्रीलाई!

सेतोपाटी

काठमाडौं

घामले तातेको सडकमा गृहमन्त्री रामबहादुर थापा 'बादल' पलेँटी कसेर बसेका छन्।

उनका वरिपरि सुरक्षाकर्मी छन्। उनको हातमा एउटा माइक छ। यो दृश्य बिहीबार दिउँसो काठमाडौंको माइतीघर मण्डलमा देखिएको हो।

बादल तिनै गृहमन्त्री हुन् जसले मन्त्री भएको महिना दिन नबित्दै २०७४ चैतमा माइतीघर मण्डलमा प्रदर्शन गर्न रोक लगाएका थिए।

गृह मन्त्रालयले २०७४ चैतमा देशैभरि विरोध प्रदर्शन गर्ने निश्चित ठाउँ तोकेको थियो।

जसअनुसार जिल्ला सुरक्षा समिति काठमाडौंले माइतीघर मण्डलमा प्रदर्शन रोक लगाउँदै निश्चित ठाउँ तोकेको थियो।

समितिको चैत ३० मा वैशाख १६ गतेपछि माइतीघर मण्डलमा प्रदर्शन गर्न नपाइने निर्णय गरेको थियो।

त्यसबेला जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै खुलामञ्च, तीनकुने चौर, भगवानपाउको भुईंखेलचौर, पेप्सीकोला खेल मैदान, सानो गौचरण, लैनचौर, सिफल चौर र गौशालामा मात्रै प्रदर्शन गर्न पाइने भनेको थियो।

प्रकाशित मिति: : 2021-03-25 18:19:00

प्रतिकृया दिनुहोस्