भारतले खोप रोकेपछि अब नेपालमा के हुन्छ?

देशसञ्चार

काठमाडौँ

प्रतिभा चन्द

पछिल्लो केही हप्ता यता भारतमा कोरोना भाइरस संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको छ। दिन प्रतिदिन संक्रमण दर बढ्दै गएको र आफ्नो देशमा कोरोना भाइरसको नयाँ भेरियन्टले अवस्था थप भयावह हुन सक्ने भन्दै आन्तरिक माग पूरा गर्नका लागि तत्कालका लागि भारतको सेरम इन्स्टिच्युटले उत्पादन गर्दै आएको अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्ध खोप ‘कोभिसिल्ड’ अरु देशलाई नदिने भएको छ।

भारतको यो कदमले कोभ्याक्स योजना अन्तर्गत रहेका करिब १ सय ९० राष्ट्र प्रभावित हुने भएका छन्। विश्व स्वास्थ्य संगठनको अगुवाइमा विश्वका गरिब देशमा पनि खोपको समान पहुँच कायम गर्ने उद्देश्यसहित कोभ्याक्स अभियान स्थापित भएको हो।

भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोड भन्दा बढी खोप निर्यात गरिसकेको छ र त्यसमा धेरै अक्सफोर्ड–एस्ट्राजेनेकाकै खोप छन्।

महामारीको दोस्रो लहर सुरु भएको र संक्रमण दर बढिरहेका कारण भारतले केही समयका लागि रोक लगाएको खोप सम्बन्धी विज्ञ समितिका संयोजक डा. श्यामराज उप्रेतीले बताए।

उनले भने, ‘यसमा राजनीतिक कुरा आउँछ। आफ्नो देशमा संक्रमण दर बढिरहेका बेला अरु देशलाई खोप सप्लाई गर्दा उनीहरुलाई नपुग्ने हुन सक्छ जसले भारतले यो कदम चालेको हो।’

प्रकाशित मिति: : 2021-03-25 21:54:00

प्रतिकृया दिनुहोस्