फिफा विश्वकप फुटबल छनौटको लागि युरोपियन छनौटमा जर्मनीले आइसल्याण्डलाई पराजित गरेको छ।
बिहीबार राति भएको खेलमा जर्मनीले आइसल्याण्डलाई ३-० को अन्तरले पराजित गरेको हो। जर्मनीलाई जित दिलाउन लियोन गोर्टेज्का, काइ हाभर्ट्ज र इल्के गुन्डोगानले गोल गरेका थिए।
यसै समूहको अर्को खेलमा रोमानियाले नर्थ मासेडोनियालाई ३-२ ले पाजित गरेको छ।