प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले बिराटनगर सिटी फुटबल क्लबको उद्घाटन गरेका छन्।
बिराटनगर सिटी फुटबल क्लब आसन्न नेपाल सुपर लिगमा प्रदेश १ को प्रतिनिधि गर्दैछ। गत साता सम्पन्न अक्सनमा बिराटनगरले १४ खेलाडी पाएको थियो। टोलीले विदेशी खेलाडी र प्रशिक्षक चाँडै अनुबन्ध गर्दैछ।
उद्घाटन समारोहमा मुख्यमन्त्री राईले बिराटनगर सिटी फुटबल क्लबलाई बधाई तथा शुभकामना दिए।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्की, विभिन्न नगरपालिकाका प्रमुख (मेयर), पूर्वान्चल विश्व विद्यालयका उपकुलपति प्रो डा यादवराज कोइराला, भेट्रान फुटबलर बिष्णु बराल, एन्फाका सचिव बसन्त अर्याल, मोरंग फुटबल संघका अध्यक्ष दिपेन्द्र धिमाल, व्यवसायीको उपस्थित थियो।
क्लब अध्यक्ष अनुपरंजन भट्टराईका अनुसार बिराटनगर सिटी फुटबल क्लबको मुख्यालय बिराटनगरमा स्थापना हुनेछ। उद्घाटन समारोहमा बोल्दै भट्टराईले भने, ‘बिराटनगर र प्रदेश–१ मा फुटबल प्रतिको मोह निकै गहिरो छ र यस प्रदेशमा फुटबलको विकास नै हाम्रो मुख्य लक्ष्य रहनेछ।’
प्रमुख कार्यकरी अधिकृत सुभाशिश कोइरालाका अनुसार टोलीमा नेपालका प्रख्यात र उदाउँदै गरेका खेलाडी रहनेछन्।
टोलीले अक्सनबाट प्राप्त गरेका खेलाडी यस प्रकार छन्स् अशोक थापा, किशोर गिरी, बिक्रम धिमाल, सरोज दाहाल, सुनिल बल, सुरज जिउ ठकुरी, विजय धिमाल, सूर्य अधिकारी, सन्तोष तामाङ, हेम तामाङ, सुशील लामा, सुनिल खड्का, दिपक राई, निर कुमार राई।