त्रिदेशीय फुटबल : नेपाल र बंगलादेशबीचको खेलमा पहिलो हाफ गोलरहित बराबरी

त्रिदेशीय फुटबल अन्तर्गत नेपाल र बंगलादेशबीचको खेलको पहिलो हाफ गाेलरहित बराबरीमा सकिएको छ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भएको खेलको पहिलो हाफमा कुनै पनि टिमले गोल गर्न सकेनन्। खेलमा दुबै टोलीले गोल गर्ने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेनन्।

आजको खेल नेपालको लागि निकै महत्वपूर्ण रहेको छ। फाइनलमा पुग्नको लागि नेपालले खेल जित्नु पर्ने छ। भने, खेल बराबरी भएको अवस्थमा पनि फाइल पुग्ने सम्भावना कायम रहने छ। 

बंगलादेशले किर्गिस्तानलाई १औ० गोल अन्तरले पराजित गर्दै एक खेल अगाबै फाइनल पुगिसकेको छ। बंगलादेशको ३ अंक रहँदा नेपाल र किर्गिस्तानको समान १–१ अंक रहेको छ।

खेलमा नेपाल बंगलादेशसँग बिना कुनै कार्ड ब्यहोर्दै १–० गोल अन्तरले पराजित भएमा समेत फाइनल पुग्नेछ। भने, अंक बराबर भएमा हेड टु हेड लागु हुनेछ। त्यो पनि बराबर भएको अवस्थामा गोल संख्या हेरिनेछ। यदि गोल पनि बराबर भएको खण्डमा भने कार्डको गणना हुनेछ। यस्तो समिकरणमा नेपाल फाइनल पुग्नसक्छ। 


 

प्रकाशित मिति: : 2021-03-27 17:51:00

प्रतिकृया दिनुहोस्