त्रिदेशीय फुटबल अन्तर्गत नेपाल र बंगलादेशबीचको खेल गोलरहित बराबरीमा राेकिएको छ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भएको खेलमा दुबै टिमले गोल गर्न सकेनन्। खेलमा दुबै टोलीले गोल गर्ने अवसर पाए पनि त्यसको सदुपयोग नसक्दा खेल बराबरीमा रोकिन पुग्यो।
यद्यपी, खेल बराबरीमा रोकिएपनि नेपाल फाइनलमा पुगेको छ। आजको खेलसँगै नेपाल दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो। नेपालले २ खेलमा २ अंक जोड्यो ।
नेपालले पहिलो खेलमा किर्गिस्तानको यू–२३ टिमसँग गोलरहित बराबरी खेलेको थियो।
बंगलादेश शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो। बंगलादेशले २ खेलमा ४ अंक जोड्यो।
किर्गिस्तान भने, १ अंक जोडेर प्रतियोगिताबाट बाहिरिएको थियो।
फाइनल खेल चैत्र १६ गते हुनेछ।