म्यान्मार कूः नरसंहारले विश्वभरिबाट आक्रोश निम्त्याइरहँदा सैनिक नेतृत्व के गर्दै थियो

बिबिसी

काठमाडौं

म्यान्मारमा कूविरोधी सयभन्दा बढी प्रदर्शनकारीको हत्याले विश्वभरिबाट आक्रोश निम्त्याएको छ, १२ देशका रक्षामन्त्रीहरूले सेनाको निन्दा गरेका छन्।

संयुक्त राज्य अमेरिकाले शनिवार सुरक्षा सुरक्षा फौजहरूले "आतङ्कको शासन" गरेको आरोप लगाएको छ।

शनिवार, म्यान्मारमा भएको सैन्य कूयताकै, सबैभन्दा हिंसात्मक दिन बनेको छ।

कू नाइके मिन आङ लाइङ्ग र उनका जनरलहरू सशस्त्र बल दिवसको अवसरमा राति एउटा विलासी भोजमा सरिक भएका थिए।

इतवार अन्तिम संस्कारहरू भइरहँदा श्रद्धाञ्जलि कार्यक्रममा सेनाले हस्तक्षेप गरेका विवरण आएका छन्।

गत फेब्रुअरी १ तारिखयता भएका विरोध प्रदर्शनका क्रममा चार सयभन्दा बढी व्यक्ति मारिएका छन्।

आमनिर्वाचनमा नेत्री आङ्ग सान सूचीको न्याश्नल लीग फर डेमोक्र्यासीले बहुमत ल्याएपछि चुनावमा धाँधली भएको भन्दै सेनाले सत्ता हातमा लिएको थियो।

प्रकाशित मिति: : 2021-03-29 06:41:00

प्रतिकृया दिनुहोस्