पूर्वी चितवनको कालिका नगरपालिकामा प्रथम कालिका गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी कालिका नगर कमिटीको आयोजनामा प्रथम कालिका गोल्डकप हुन लागेको हो। यही चैत्र २१ गतेदेखि कालिका नगरपालिका–४ को क्याम्पस खेलमैदानमा फुटबल प्रतियोगिता हुने स्पोर्ट्स एकेडेमीमा अध्यक्ष पूर्ण चौधरीले बताए।
प्रतियोगिताका विजेताले क्रमशः प्रथम हुनेलाई एक लाख ११ हजार १११ र द्वितीय हुनेलाई रु ५५ हजार ५५५ पुरस्कार, ट्रफी र प्रमणपत्र प्रदान गरिने चौधरीले बताए।
‘प्रथम कालिका गोल्डकप’ नाम दिइएको यस प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई साइकल पुरस्कार दिइने छ।