कर्णालीमा हाम फाल्ने सुकीजस्तै हिंसाले पिल्सिएका उनीहरू

सेतोपाटी

सुर्खेत 

कर्णाली प्रदेशमा घरेलु हिंसा र आत्महत्याको अवस्था बढ्दो क्रममा देखिएको छ। प्रहरी र न्यायिक निकायहरूमा आउने उजुरीलाई हेर्ने हो भने यसको अवस्था बर्सेनि बढ्दो छ।

घरेलु हिंसाकै कारण यहाँ कतिपयले आत्महत्याको बाटोसमेत रोज्ने गरेका छन्। गत महिना दैलेखको आठबिस नगरपालिकामा भएको एउटा घटना त्यो शिलशिलाको पछिल्लो कडी हो।

फागुन २३ गते ‘घाँस ल्याउन बारीमा जान्छु’ भनेर घरबाट निस्किएकी आठबिस-३ निमायलकी सुकी बडुवाल पर्सिपल्ट छोराछोरीसहित कर्णाली नदीमा मृत भेटिइन्। उनले आफूले मात्र ज्यान फालिनन्, आफ्ना छोराछोरीलाई पनि सँगै लगिन्।

तीन छोरी र एक छोरालाई साथमा लिएर कर्णालीमा उनले हाम फालेकी थिइन्। प्रारम्भिक रिपोर्टअनुसार पनि उनले छोराछोरीलाई लिएर आत्महत्या गरेको खुलेको छ।

प्रकाशित मिति: : 2021-03-29 15:24:00

प्रतिकृया दिनुहोस्