सचिन तेन्दुलकरपछि भारतका पूर्व अलराउण्डर इरफान पठान पनि कोरोना पोजिटिभ भएका छन्।
रोड सेफ्टी विश्व शृंखला खेल्ने क्रममा सचिन कोरोना पोजिटिभ भएका थिए। सचिनले हालै सोसल मिडियामार्फत यसको जानकारी गराएका थिए।
यो प्रतियोगितामा सहभागी भएका अन्य खेलाडमा इरफानका भाई युसुफ पठान र सुब्रमण्ढम बद्रिनाथ पनि संक्रमित भइसकेका छन्। इरफान हालै इंग्ल्याण्डविरूद्धको शृंखलामा पार्थिव पटेल र आकाश चोपडासँग कमेन्ट्री पनि गरिरहेका थिए।
इरफानले सोसल मिडियामा यसको जानकारी दिएका छन्। उनले आफूसँग सम्पर्कमा भएका मानिसलाई परीक्षण गराउन आग्रह गरेका छन्।
छत्तिसगढको राजधानी रायपुरमा भएको खेलमा १६ मार्चमा ड्रेसिङ रुममा सचिनले क्रिकेट करिअरमा सय सतक बनाएको दिनको सम्झनामा केक काटेका थिए। त्यतिबेला यी सबै खेलाडीसँगै थिए। यसमा मोहम्मद कैफ, युवराज सिंह र प्रज्ञान ओझा पनि थिए।