कोरोना भाइरस: नेपाल-भारत सीमामा कसरी हुँदैछ कोभिड नियन्त्रणको प्रयास, कस्ता छन् समस्या

बिबिसी

काठमाडौं

छिमेकी भारतमा कोरोनाभाइरस सङक्रमणको नयाँ लहर देखा परिरहँदा नेपाल छिर्ने सीमानाकामा आफूहरूले कडाइ गरेपनि स्रोतसाधनको अभाव खेपिरहेको प्रदेश सरकारका अधिकारीहरूले बताएका छन्।

भारतमा आइतवार ६८,००० र सोमवार ५६,००० जनाभन्दा बढी सङ्क्रित फेला परेको थिए। विगत एक सातामा प्रत्येक दिन औसत ५०,००० जनाभन्दा बढी मानिसमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ।

सबैभन्दा बढी प्रभावित महाराष्ट्रबाट ठूलो सङ्ख्यामा नेपालीहरूको आवतजावत हुने सुदूरपश्चिम प्रदेशका वरिष्ठ जनस्वास्थ्य प्रशासकले नाकामा सञ्चालित जाँच चौकीमा जनशक्तिको अभाव रहेको बताएका छन्।

प्रदेश नं १ र २ का स्वास्थ्य अधिकारीहरूले पनि भारतमा कोभिडको नयाँ लहर देखिएसँगै आफूहरू सतर्क भएको र परीक्षणको दायरा बढाउन काम अघि बढाएको प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति: : 2021-03-30 14:01:00

प्रतिकृया दिनुहोस्