त्रिदेशीय फुटबल विजेता खेलाडीले जनही एक लाख पाउने 

अखिल नेपाल फुटबल संघ ‌(एन्फा)ले त्रिदेशीय फुटबलको उपाधि विजेता खेलाडीलाई जनही १ लाख पुरस्कार दिने घोषणा गरेको छ। 
एन्फाले मंगलबार एक विज्ञप्ति जारी गरेर उपाधि विजेता टोलीका सदस्यलाई जनही १–१ लाख पुरस्कार दिने जनाएको छ। 
नेपालले सोमबार दशरथ रंगशालमा भएको फाइनलमा बंगलादेशलाई २–१ ले पराजित गर्दै उपाधि जितेको हो। 
नेपालले उपाधिसँगै ५ हजार अमेरिकी डलर प्राप्त गरेको थियो। 


 

प्रकाशित मिति: : 2021-03-30 18:52:00

प्रतिकृया दिनुहोस्