डेरीबाट पैसा 'चोरेर' केटीहरूलाई क्रिकेट सिकाउँछिन् जानकी

सविता बुढा

खेल्न मन हुन्थ्यो तर टाढाको धारामा पानी लिन जानुपर्थ्यो। खेल्न मन हुन्थ्यो तर गाईवस्तु नचराइ हुन्नथ्यो। 

बैतडीको दशरथ चन्द नगरपालिका-४ सुन्दरघरकी जानकी भट्टको बाल्यकाल काम र खेलको तालमेल मिलाउँदै बित्यो।

अहिले उनी महिला क्रिकेटरको रूपमा परिचित छन्। जम्मा ११ वर्ष उनले नेपाली क्रिकेटलाई दिएकी हुन्। क्रिकेट खेल्ने धोको पूरा नहुँदै उनले क्रिकेट खेल्न छोड्नु परेको छ। 

अहिले उनी आफ्ना दाजुसँग मिलेर डेरी चलाउँछिन्। फुर्सदमा क्रिकेटर बन्न चाहने बालिकाहरूलाई सिकाउँछिन्। 

भट्टले यस वर्षको प्रधानमन्त्री कपमा सुदूरपश्चिम टिमको प्रशिक्षकका रूपमा काम गरेकी थिइन्। गएको वर्ष त पिएम कपमा कप्तानी सम्हालेकी उनको टोली विजेता नै भएको थियो। 

अहिले क्रिकेट सिक्न चाहने केटीहरूका लागि परिवारको सहमतिदेखि खेल सामग्रीसम्मको सुविधा छ।   

उनले क्रिकेट सिक्दा यस्तो सुविधा थिएन।

‘गाईबाख्रा चराउन वनमा जाँदा क्रिकेट सिकेकी हुँ,’ उनले सम्झिइन्। 

प्रकाशित मिति: : 2021-03-31 14:13:00

प्रतिकृया दिनुहोस्