प्रतिबन्ध खेपेर फर्किएपछि नेपालको 'संकटमोचक' बनेका सन्जोक (भिडिओ)

सेतोपाटी

काठमाडाै‌ं

सीताराम कोइराला

गत सोमबार सन्जोक राईले ६ वर्षपछि चैनको सास फेरे। फुटबल करिअरका दौरान भोगेका पीडामा मलम लगाए। 

आफ्नो ब्याचका खेलाडी नेपाली फुटबलमा छाइरहँदा एन्फा एकेडेमीका उत्पादन सन्जोक विभिन्न कारणले सन् २०१५ पछि ओझेलमा परेका थिए। परिवारको आर्थिक संकट टार्न भारतीय सेनामा भर्ती हुन लखनउ पुग्नु उनको बाध्यता थियो। अनि आफूआबद्ध क्लबसँग सम्झौताको झमेलाका कारण ६ महिना प्रतिबन्धमा पर्नु उनको नियती बन्यो। 

समस्याबाट बाहिर निस्केपछि मिडफिल्डर सन्जोक नेपाली फुटबलका संकटमोचक बने।

'थ्री नेसन्स कप' फाइनलमा गत सोमबार बंगलादेशविरूद्ध गोल गर्दै नेपाली फुटबलको १८ महिना लामो गोलको खडेरी तोडे। सन्जोकले दोस्रो गोलका लागि विशाल राईलाई सटिक पास उपलब्ध गराए। जसकारण उनी फाइनल खेलको 'प्लेयर अफ म्याच' घोषित भए भने नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि उचाल्यो। 

थ्री नेसन्स कपमा किर्गिस्तानको यु-२३ टिमविरूद्ध खेल्दै उनले सिनियर टिमबाट पहिलो पटक नेपालको जर्सी लगाउने अवसर पाए। सो खेल आधिकारिक अन्तर्राष्ट्रिय खेल नभएकाले शनिबार बंगलादेशविरूद्धको खेल उनको डेब्यू थियो।

प्रकाशित मिति: : 2021-04-01 13:04:00

प्रतिकृया दिनुहोस्