९ महिनामै डिम्याट खाता खोल्नेको संख्या दोब्बर, के हो डिम्याट खाता, कसरी खोल्ने?

सेतोपाटी

काठमाडौं

हाल डिम्याट खाता खोल्नेहरु ह्वात्तै बढेका छन्। सिडिएस एण्ड क्लियरिङका अनुसार यस्तो खाता खोल्नेको संख्या ३२ लाख ७२ हजार पुगेको  छ।

यद्यपि कतिपयले दुई खाता खोलेका हुन्छन्।  यस्तो खाता दुईभन्दा बढी खोल्न भने पाइने छैन। दुईभन्दा बढी खाता खोलेमा रद्द हुने प्रावधान छ।

असार मसान्तसम्म डिम्याट खाता खोल्नेको संख्या १६ लाख ८६ हजार १०२ थियो। ९ महिनामै डिम्याट खाता खोल्नेको संख्या दोब्बर हुनुले सेयर बजारमा नयाँ लगानीकर्ताको संख्या बढेको पुष्टि गर्दछ।

सेयर बजारबारे जति बढी प्रचार, प्रसार हुन्छ त्यति नै बढी डिम्याट खाता खोल्नेको संख्या बढ्ने गरेको सिडिएस एण्ड क्लियरिङका प्रवक्ता सुरेश न्यौपानेले बताए।

प्रकाशित मिति: : 2021-04-02 10:31:00

प्रतिकृया दिनुहोस्