रियल सोसिडाडले ३४ वर्षपछि 'कोपा डेल रे'को उपाधि जितेको छ।
सन् २०१९/२० स्पेनिस कोपा डेल रे फुटबलको उपाधि रियल सोसिडाडले जितेको हो।
शनिबार राति भएको फाइनल खेलमा एथ्लेटिक बिल्बाओ र रियल सोसिडाड भिडेका थिए। सोसिडाडले एथ्लेटिकलाई १-० को अन्तरले पराजित गर्दै उपाधि जितेको हो।
सोसिडाडलाई जित दिलाउन मिकेल ओयार्जाबलले निर्णायक गोल गरेका थिए।