'यसपालि दुइटा जहाज ल्यायौं, अर्को वर्ष अरू तीन वटा थप्छौं' (भिडिओ)

सेतोपाटी

काठमाडाै‌ं

रवीन्द्र शाही

गत वर्ष लकडाउनका कारण नेपालको अर्थतन्त्र चार दशकपछि ऋणात्मक भयो। लाखौंले रोजगारी गुमाए, कयौं व्यवसाय धरासायी भए, केही सामान्य रूपमा चले। बजार ठप्प हुँदा गहिरो आर्थिक-सामाजिक असर परेको कुरा केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको आर्थिक वृद्धिदरको आँकडाले देखाउँछ।

लकडाउनले शून्य आम्दानीमा पुग्ने धेरैजस्तो कम्पनी पर्यटनसँग सम्बन्धित थिए। होटल, एयरलाइन्स, ट्राभल ट्रेडहरू धेरै थिए। यीमध्ये धेरै एयरलाइन्स कम्पनीले लकडाउनलगत्तै खुलेको उडानमा व्यवसाय गर्ने मौका पाए। तर धेरै आन्तरिक उडान गर्ने एयरलाइन्सको पूर्ण क्षमताको उडान यस वर्ष फागुनमा मात्र भयो। 

नेपालको सबभन्दा ठूलो आन्तरिक एयरलाइन्स बुद्धले भने लकडाउनपछि खुलेको बजारमा पूर्ण क्षमताको परिचालन मात्र होइन, विस्तारमै गयो। बुद्धले लकडाउनपछि फागुनसम्म दुइटा जहाज थपिसकेको छ। यही वर्षभित्र अझै एउटा ७२ सिट क्षमताको एटिआर-७२ जहाज ल्याउने बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले जानकारी दिए। 

प्रकाशित मिति: : 2021-04-04 16:20:00

प्रतिकृया दिनुहोस्