हलिउड गायक गायक लियोनेल रिचीले आफुलाई मन्चमा गीत प्रस्तुत गर्दा दर्शकहरुलाई देखेर अत्यास लाग्ने बताएका छन्।
'द ड्रियू बेरीमोर शो'मा प्रस्तोता तथा नायिका बेरिमोरसँग कुराकानी गर्दै गायक रिचीले भनेका छन्, 'मलाई दर्शक हरुको अगाडी सहज हुन् करिब आठ बर्ष लाग्यो।'
प्रस्तोता बेरिमोरले, पहिले तपाईले गीत गाउनको लागि फ्रन्ट म्यान (मन्चमा सबैभन्दा अगाडीको गायक) बन्न अस्विकार गर्नु भएको थियो? भन्ने प्रश्नमा गायक रिचीले यो कुरा सत्य भएको बताए।
उनले प्रसिद्ध गायक माइकल ज्याक्सनको भाईहरुको ब्याण्ड 'ज्याक्सन फाइभ'सँग विश्व यात्रामा गएपछि आफ्नो डर हटेकोपनि बताएका छन्।
२० जुन १९४९ को दिन अलाबामाको टुस्केजी शहरमा जन्मेका रिचीद्वारा स्वरबद्ध हिट गीतहरुमा 'पेनी लभर', 'यु आर', 'लेडी', 'आइ कल इट लभ' आदि पर्दछन्।
गायकको साथै गीतकार, संगीतकार र नायकसमेत रहेका रिची प्रसिद्ध टेलिभिजन शो 'अमेरिकन आइडल'का निर्णायक पनि हुन्।
गएको वर्ष सो कार्यक्रममा नेपाली मुलका गायक अर्थर गनको गित सुनेर उनले भनेका थिए, 'सुरिलो स्वर भएका गायक खोज्न म अब नेपाल जान्छु।'