असम चुनावः भोटर संख्या ९०, मत खस्यो १८१

असममा जारी निर्वाचनमा धाँधलीको ठूलो समस्या देखिएको छ।

असमको हाफलोङ बुथमा सबैलाई चकित पार्ने घटना भएको छ। यहाँको बुथमा भोटरको संख्या ९० थियो। तर, भोटिङ १ सय ८१ जनाले गरेको भेटिएपछि चुनावमा खटिएका सेक्टर अधिकारीसहित ४ जनालाई निलम्बित गरिएको छ। 

प्रमुख निर्वाचन आयुक्तले यसको जानकारी दिँदै चुनावमा खटिएका चार जनालाई निलम्बित गरिएको प्रस्ट पारे।

असममा मंगलबार अन्तिम चरणको चुनाव हुँदैछ। यसमा १२ जिल्लाबाट ४० सिटका लागि चुनाव हुँदैछ। जसमा जलुकबरी सिट प्रमुख मानिन्छ। जुन क्षेत्रबाट बरिष्ठ मन्त्री तथा भारतीय जनता पार्टीका नेता हेमन्त विश्वा शर्मा चुनाव लड्दै छन्।

यसअघि २७ मार्च र १ अप्रिलमा पनि चुनाव भएको थियो। यतिबेला ४७ र ३९ सिटका लागि भोटिङ भएको थियो। चुनावको निर्णय २ मेमा आउने छ।

प्रकाशित मिति: : 2021-04-06 07:48:00

प्रतिकृया दिनुहोस्