माओवादीका चार सांसद पर्सि पदमुक्त हुने, होला उपचुनाव?

देशसञ्चार

काठमाडौँ

पार्टी एकता हुँदा ओली कित्तामा लागेर नफर्किएका चार सांसदलाई माओवादी केन्द्रले मंगबार पदमुक्त गर्न संघीय संसद सचिवालयलाई पत्र दर्ता गराएको छ।

केन्द्रीय कमिटीको निर्णयअनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदलाई पत्र लेखेसँगै अब लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह र गौरीशंकर चौधरी सांसदबाट पदमुक्त हुन केही प्रशासनिक औपचारिकता मात्रै बाँकी छ।

संविधानको धारा ८९ (ङ) र राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु जुन दलबाट निर्वाचित भएको हो त्यो कार्यकाल भर त्यही दलमा रहनु पर्ने अन्यथा पद नै जाने प्रष्ट व्यवस्था गरेको छ।

प्रकाशित मिति: : 2021-04-06 21:42:00

प्रतिकृया दिनुहोस्