बायर्न म्युनिखका विंगर सर्जी जिनाब्रीलाई कोरोना संक्रमण भएको छ।
२५ वर्षीय विंगरलाई कोरोना पुष्टि भएको बायर्नले जनाएको छ।
च्याम्पियन्स लिग अन्तर्गत पीएसजीसँगको क्वाटरफाइनलको खेलअघि गरिएको परिक्षणमा उनलाई कोरोना देखिएको हो।
बायर्नले आज (बुधबार) राति पीएसजीसँग पहिलो लेग खेल खेल्दैछ।