एमालेमा समानान्तर कमिटीको ‘डढेलो’

खनाल–नेपाल समूहले कहाँ–कहाँ बनायो समानान्तर कमिटी ?

रातोपाटी

काठमाडौं

फागुन २३ मा सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी ब्युताँएपछि सुरु भएको एमालेभित्रको विवाद प्रदेश र जिल्ला हुँदै तल्लो निकायसम्म पुगेको छ।

पार्टीभित्रको खनाल–नेपाल समूह यतिबेला प्रदेश र जिल्लामा समानान्तर कमिटी बनाउन सक्रिय छ।

प्रधानमन्त्री केपी ओलीले २८ फागुनमा खनाल–नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेलगत्तै यो समूहले समानान्तर कमिटीको अभ्यास थालेको हो।

ओलीले अध्यक्ष र महासचिवबाहेक केन्द्रीय कमिटीका सबै पदाधिकारीको जिम्मेवारी खोस्ने निर्णय गरेका थिए। त्यस्तै, खनाल–नेपाल पक्षीय प्रदेश इन्चार्ज र विभाग प्रमुखको पनि जिम्मेवारी खोसिएको थियो।

त्यसलगत्तै, २९ फागुनमा खनाल–नेपाल समूहले केन्द्रीय समिति बैठक डाकेर प्रदेश ईन्चार्ज तथा विभागीय प्रमुखहरुको नयाँ सुची सार्वजनिक ग-यो।

प्रकाशित मिति: : 2021-04-07 10:38:00

प्रतिकृया दिनुहोस्