अलपत्र खानेपानी योजना: संस्थानले समितिलाई दोष दिन्छ, समितिले जनतालाई

धनगढी उपमहानगरपालिका- १४, १८ र १९का बासिन्दा खानेपानीको समस्याले आहत छन्। उनीहरू नल्काको पानी पिउँछन्।

यस्तो पानी खाँदै उनीहरूले वर्षौं बिताएका छन्र। नल्काको पानी खान हुन्न, खानेपानी त शुद्ध हुनुपर्छ भन्ने थाहा पाएको पनि धेरै वर्ष भयो।

८/१० वर्ष अघि नल्काको पानी पिउन ठिक छ कि छैन भनेर जाँच भएको वडा नम्बर १४ का बाबुकाजी तामाङले बताए।

'नपिउनु भनेको पनि पिएकै छन्, अहिले पानी कस्तो छ थाहा छैन,’ उनले भने।

कतिपय नल्काको पानी आर्सेनिक र अरू कारणले पिउन योग्य नभए पनि स्थानीय उपभोग गर्न बाध्य छन्।

प्रकाशित मिति: : 2021-04-08 10:39:00

प्रतिकृया दिनुहोस्