‘फुलबुट्टे सारी’ गीत गाएर चर्चामा आएकी यूगान्डाकी गायिका दे क्याप्टेन वियोन्स फमासीसँग मदनकृण श्रेष्ठले नयाँ गीत गाउने भएका छन्।
श्रेष्ठले बिहिबार सामाजिक सञ्जाल मार्फत वियोन्ससँग नयाँ गीत गाउने तयारी भएको बताएका हुन्।
‘हामीले गाएको गीत ‘फुलबुट्टे सारी’ वियोन्सले पनि गाइन्। त्यसपछि यो गीतले अन्तर्राष्ट्रिय करणको रुप लिएको महसुस गरिएको छ’ श्रेष्ठ लेख्छन्,‘अब वियोन्स र म मिलेर अर्को एउटा युगल गीत गाउने छौं।’
पहिलो भर्सन मेलिना नेवारको स्वारमा रहेको उक्त गीत अन्य धेरै भर्सन बजारमा आइसकेको छ। गीतको शब्द संगीत राजन राज सिवाकोटीले गरेका छन्।