पुलिसलाई हराउँदै अफ्रिकन रुट आहा रारा कपको फाइनलमा 

सामाजिक सन्जाल
सामाजिक सन्जाल

अफ्रिकन रुट एसोसियसन पोखरामा जारी आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै अफ्रिकन रुट फाइनलमा पुगेको हो।

अफ्रिकनलाई जित दिलाउन बासेक र मौसाले एक एक गोल गरे। पहिलो पटक सहभागिता जनाएको अफ्रिकन पहिलो पटक फाइनलमा पुगेको हो। 

अब अफ्रिकनले फाइनलमा संकटा क्लबसँग खेल्ने छ।

संकटा क्लब एपीएफलाई हराएर फाइनल पुगिसकेको छ। फाइनल खेल शनिबार हुनेछ। विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ

प्रकाशित मिति: : 2021-04-08 17:28:00

प्रतिकृया दिनुहोस्