नेपालमा आयोजना हुने त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक भएको छ।
नेपाल क्रिकेट संघले बिहिबार खेल तालिका सार्वजनिक गरको हो। टियु क्रिकेट मैदानमा बैशाख ४ गते बाट सुरु हुने खेलमा नेपालले पहिलो खेल नेदरल्याण्डसँग खेल्ने भएको छ।
सार्वजनिक खेल तालिका अनुसार नेपालले बैशाख ४ गते दिउँसो २ : १५ मा नेदरल्याण्डसँग खेल्ने छ।
नेपालले दोस्रो खेलमा मलेसियासँग बैशाख ६ गते खेल्नेछ। नेपालले तेस्रो खेल नेदरल्यान्ड्ससँग बैशाख ७ गते खेल्नेछ।
यस्तै, नेपालले अन्तिम खेल बैशाख ९ गते मलेसियासँग खेल्नेछ। डबल राउण्ड रोबिनको आधारमा हुने खेलमा शीर्ष २ टोली उपाधिका लागि खेल्नेछ। खेलको लागि नेपालका खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ।