एपिएफ फाइनलमा

एपिएफ क्लब पाँचौ आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियन्सिपको पुरुषतर्फ फाइनल प्रवेश गरेको छ। 

एपिएफले यसअघि १५ अंकका साथ फाइनल प्रवेश गरेको टिपटप हेल्प नेपाल क्लबलाई ३-० ले पराजित गर्दै १३ अंकका साथ बुलबुले रारालाई पछाडि पार्दै फाइनल प्रवेश गरेको हो।

बुलबुलेको ६ खेलबाट १२ अंक मात्र रहेको छ। भर्खरै प्राप्त जानकारी अनुसार एपिएफले ३ भारतीय खेलाडीलाई फाइनलका लागि बिश्राम दिएको हेल्प नेपाललाई पहिलो सेटमा २५-१८ ले पराजित गरेको छ।

यस्तै दोश्रो सेटमा २५-१८ ले र तेश्रो सेटमा २५-२३ ले पराजित गरेको हो। यस पर्तिस्पर्धामा एपिएफ पराजित भएको खण्डमा बुलबुले रारा फाइनल प्रवेश गर्ने थियो।

भोलि न्यू डायमण्ड र पुलिसतर्फ साढे ११ बजे महिलातर्फ फाइनल खेल हुनेछ। पुरुष तर्फ हेल्प नेपाल र एपिएफबीच फाइनल साढे ३ बजे हुनेछ।

प्रकाशित मिति: : 2021-04-08 18:29:00

प्रतिकृया दिनुहोस्