पाँच दिनपछि नक्सलीले छोडे सुरक्षाकर्मी

Photo : India Today
Photo : India Today

विगत पाँच दिनदेखि आफ्नो कब्जामा रहेका सीआरपीएफका जवान राकेश्वर सिंहलाई नक्सलीहरूले बिहीबार कब्जामुक्त गरेका छन्। 

गत शनिबार छत्तिसगढको जोनागुडामा नक्सलीवादी हमलामा २३ सुरक्षाकर्मी मारिएका थिए। यो घटनामा सीआरपीएफका जवान सिंहलाई नक्सलीहरूले कब्जामा लिएका थिए।

नक्सलीहरूले पनि यो घटनामा आफ्ना पाँच साथी मारिएको पहिलो पल्ट पुष्टि गरेका छन्। नक्सलीले घटनापछि भारत सरकारसमक्ष वार्ताको प्रस्ताव राखेको छ।

मंगलबार माओवादी प्रवक्ता विकल्पले विज्ञप्ती सार्वजनिक गर्दै सरकारलाई सुरक्षाकर्मी सकुसल फर्काइदिने तर यसका लागि वार्ता हुन जरुरी रहेको बताएको थियो। 

माओवादीको तर्फबाट तीनवटा प्रस्ताव पनि राखिएको थियो।

प्रकाशित मिति: : 2021-04-08 19:02:00

प्रतिकृया दिनुहोस्