इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेञ्जर्स बैंगलोरले मुम्बई इन्डियन्स्लाई पराजित गरेकाे छ।
शुक्रबार राती चेन्नाईको चिदंबरम स्टेडियमा भएको खेलमा बैंगलोरले मुम्बई इन्डियन्स्लाई २ विकेटले पराजित गरेकाे हाे। मुम्बईले दिएको १ सय ६० रनको लक्ष्य बैंगलोरले २० ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्याे।
बैंगलोरको जितमा एवी डीवीलियर्सले सर्वाधिक ४८ रन बनाए। उनले २७ बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै ४८ रन जोडे। ग्लेन म्याक्सवेलले ३९ रन जोडे। कप्तान विराट कोहोलीले ३३ रनको योग्दान गरे।मुम्बईका लागि मार्काे जेनसन र जसप्रित बुम्राहले २–२ विकेट लिए। कुर्नाल पाण्डेय, टे«न्ड बोल्टले १–१ विकेट लिए।
त्यस्तै, पहिलो ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १५९ रन जोडेको थियो। मुम्बईका क्रिस लिन अर्धशतक बनाउनबाट एक रनले चुके। लिनले ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दैै ४९ रनको योगदान गरे।
विकेट किपर इसान किशनले २८ रन बनाए। कप्तान रोहित शर्मा १९ रनमा आउट भए। बैगलोरका हर्सल पटेलले सर्वाधिक ५ विकेट लिए। उनले ४ ओभरमा ५ विकेट लिएका हुन्। उनी खेलकाे म्यान अफ द म्याच बने।