प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको उद्घाटन गर्ने 

नेपालमा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुनेभएको छ।

नेपाल महिला रेस्लिङ फाउण्डेशनले आयोजना गर्न लागेको प्रतियोगिता बैशाख ४ गतेदेखि काठमाडौंको भृकुटी मण्डपमा हुनेछ। प्रतियोगिताको उद्घाटन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन्।

फाउण्डेशनकी संस्थापक अध्यक्ष एवम नेपालको पहिलो अन्तर्राष्ट्रिय महिला रेस्लर भगवती खड्का (युनिका) का अनुसार यस प्रतियोगितामा अमेरिका, भारत, जापान, अष्ट्रेलिया, पाकिस्तानलगायत एक दर्जन देशका रेस्लर सहभागी हुनेछन्।

प्रतियोगितामा १५ रेस्लर सहभागी हुने खड्काले बिएल नेपाली सेवालाई बताइन्।

प्रकाशित मिति: : 2021-04-10 13:29:00

प्रतिकृया दिनुहोस्