बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड उक्लियो शीर्ष स्थानमा 

Photo : SBSsports
Photo : SBSsports

बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।

शनिबार राति भएको खेलमा रियल मड्रिडले बार्सिलोनालाई २-१ गोलको अन्तरले पराजित गरेको हो। 

रियललाई जित दिलाउन करिम बेन्जिमा र टोनी क्रुसले एक एक गोल गरे। बार्सिलोनाको तर्फबाट ओस्कार मिन्गुएजाले एक गोल फर्काएका थिए।

जितसँगै रियलले ३० खेलमा ६६ अंक जोड्न सफल भएको छ। 

प्रकाशित मिति: : 2021-04-11 07:32:00

प्रतिकृया दिनुहोस्