शनिबार राती भएको खेलमा रियल मड्रिडसँग बार्सिलोनासँग हार बेहोर्नु पर्यो।
उक्त हारसगैँ लियोनल मेस्सीको भविष्यबारे चर्चा सुरु हुन थालेको छ। अब मेस्सी बार्सिलोनामै रहिरहन्छन् या निस्कन्छन् भन्ने धेरैको चर्चाको विषय बनेको छ।
मेस्सीले बार्सिलोनासँगको नयाँ सम्झौताबारे केही बोलेका छैनन्। शनिबार रियल मड्रिडसंग २-१ ले पराजित हुने बित्तिकै बार्सिलोनाका निर्देशक गुइलेर्मो अमोरसंग मेस्सीको भविष्यका विषयमा सोधिएको थियो।
जवाफमा निर्देशक अमोरले मेस्सी बार्सिलोनामै रहने विश्वास व्यक्त गरेका थिए। 'उनी बार्सिलोनामै बस्नेछन्। उनले बार्सिलोनाका लागि अझ धेरै क्लासिलो खेल्ने विश्वास छ।', उनले भने।
आगामी शनिबार बार्सिलोनाले एट्लेटिको विल्बाओसंग खेल्दैछ ।