नयाँ वर्षमा सौराहा: सडकमा धुमधाम, पसल-होटल सुनसान

राजेश घिमिरे

पूर्ण रिजालले सौराहाको गैंडा चोकमा मनी एक्सचेन्जको व्यवसाय सुरू गरेको करिब २५ वर्ष भयो। सौराहाका तीन मनी एक्सचेन्जमध्ये सबैभन्दा पूरानो उनैको हो।

विगतमा दैनिक ४ हजार डलरसम्म मुद्रा साट्ने गरेका उनी अहिले कोठाको भाडा पनि तिर्न नसक्ने अवस्थामा पुगेका छन्।

कोरोना भाइरसको महामारी सुरू हुनुअघि सौराहामा विदेशीको चहलपहल बाक्लो हुन्थ्यो। पैसा साट्न चाहने विदेशी उनकोमा पुग्थे। दैनिक ५ सय डलर मुद्रा सटही त उनका लागि सामान्य थियो। साटिएको रकमको एक प्रतिशत उनले पाउँथे। यसैबाट उनको खर्च धानिएको थियो। तर २०७६ सालको चैतदेखि उनको व्यापारमा सुक्खा लाग्न थाल्यो।

‘गत कात्तिकबाट चैतसम्म त मनी एक्सचेन्जमा बौनी पनि भएन,’ रिजालले भने, ‘चैत महिनामा राजदूतावासबाट घुम्न आउने विदेशी, केही नेपाली र लामो समयदेखि सौराहामै बस्दै आएका विदेशीले पैसा साटे। व्यापार भएको यत्ति हो।’

प्रकाशित मिति: : 2021-04-12 11:35:00

प्रतिकृया दिनुहोस्