प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच पनि २०७७ सालमा विकास निर्माणका काममा थप सफलता मिलेको बताएका छन्।
नयाँ वर्ष २०७८ को पहिलो दिन आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनःनिर्मित कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काठमाडौँबासीको दसकौँदेखिको सपना पूरा गरिएको र नयाँ विकासका कामहरु पूरा भएको बताए।
साथै उनले देश विकास र समृद्धिको बाटोमा हिँडिसकेको पनि बताए।
सम्बोधनमा उनले २०७७ सालमा विभिन्न क्षेत्रमा भएका उपलब्धि र देखिएका चुनौतीबारे बोलिरहेका छन्।