एउटा घटनाः जसले स्लाभिया प्रागका कुडेलालाई १० खेलमा प्रतिबन्ध लाग्यो

Photo : Goal.com
Photo : Goal.com

स्लाभिया प्रागका डिफेन्डर ओन्द्रेज कुडेलालाई १० खेलको प्रतिबन्ध लागेको छ।

युरोपा लिग फुटबलको दौरान रेन्जर्सका मिडफिल्डर ग्लेन कामरालाई रंगभेदीय दुर्व्यवहार गरेपछि यूईएफएले कुडेलालाई १० खेलको प्रतिबन्ध लगाएको हो।

गत मार्चमा भएको अन्तिम १६ को दोस्रो लेग दौरान कुडेलाले कामरालाई दुर्व्यवहार गरेका थिए। यस्तै यूईएफएले कामरालाई पनि ३ खेलको प्रतिबन्ध लगाएको छ।

यूईएफएले रेन्जर्सका स्ट्राइकर केमार रुफलाई समेत ४ खेलको प्रतिबन्ध लगाएको छ।

प्रकाशित मिति: : 2021-04-15 07:23:00

प्रतिकृया दिनुहोस्