कति छोरीले पाइरहेका छन् आमाबाबुको सम्पत्तिबाट अंश?

सेतोपाटी

काठमाडाैं

शोभा शर्मा

छोरीहरूले पैत्तृक सम्पत्तिमा अंश पाउने कानुनी व्यवस्था भएको लामो समय बिते पनि व्यवहारमा उल्लेख्य रूपमा लागू भएको देखिँदैन।

आमाबाबुको सम्पत्तिबाट अंश पाएका छोरीहरू कति छन् भन्ने तथ्यांक भूमि व्यवस्थापन तथा अभिलेख विभागले समेत राखेको छैन। विभागसँग अंशवण्डामार्फत् सम्पत्ति पाएर जग्गाधनी भएका महिलाको भने तथ्यांक छ।

विभागले सेतोपाटीलाई उपलब्ध गराएको तथ्यांक हेर्दा, थोरै मात्र महिलाले अंश पाइरहेका छन्।

२०७६ साल, वैशाख २ गतेदेखि २०७७ साल चैत ३० गतेसम्म मुलुकभर जम्मा १६ हजार सात सय २८ जना महिला अंशवण्डाको माध्यमबाट जग्गाधनी भएका छन्। यही अवधिमा अंशवण्डाबाट जग्गाधनी हुने पुरूषको संख्या ४३ हजार नौ सय ५५ छ।

अंशवण्डाको माध्यमबाट जग्गाधनी भएका महिलामा पतिबाट अंश पाएका पत्नी र आमाबाबुबाट अंश पाएका छोरी दुवै पर्छन्। यसको बेग्लाबेग्लै तथ्यांक विभागले राखेको छैन।

प्रकाशित मिति: : 2021-04-15 18:22:00

प्रतिकृया दिनुहोस्