उपराष्ट्रपति कपका लागि ब्याडमिन्टन खेलाडी छनोट

तेश्रो केन्द्रिय उपराष्ट्रपति कप चिल्ड्रेन्स गेमका लागि भक्तपुर जिल्लाबाट ब्याडमिन्टन खेलाडी छनोट भएका छन्।

भक्तपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बाबुकाजी श्रेष्ठ (बि.के) को उपस्थितीमा भएको छनोट खेलमा ४ छात्र र ४ छात्रा गरि ८ खेलाडी छनोट भएका छन्।

लोकन्थलीस्थित मध्यपुर ब्याडमिन्टन एकेडेमीमा भएको छनोट प्रतियोगितामा बागेश्वरीका सिभिक ज्याख्वो, लिसाका कसिर नखेभु र श्रेयस रञ्जितकार तथा सामुदायिकका रोजन गोरा रहेका छन्।

यस्तै छात्रातर्फ हिमालयन ग्लोरीकी रुशा जटी, लिसाका तेजश्वी मानन्धर र सोनाम प्रजापती तथा प्रोक्सिमाकी रिना थापा छनोट भएको प्रशिक्षक सविन ढुङ्गेलले जानकारी गराए ।

छनोट भएका खेलाडीलाई बैशाख ८ गते खेल सामाग्री र ट्रायक सुट वितरण गरिने जिल्ला कार्यालय प्रमुख बाबुकाजीले बताए।

प्रकाशित मिति: : 2021-04-16 17:37:00

प्रतिकृया दिनुहोस्