आईपीएलमा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई पराजित गरेको छ।
शुक्रबार राति भएको खेलमा पन्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै चेन्नईले पहिलो जित निकालेको हो।
पन्जाबले दिएको १ सय ७ रनको लक्ष्य चेन्नईले १५ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । चेन्नईको जितमा मोइन अलिले ४६ रनको योगदान दिए। यस्तै फाप डु प्लेसिसले अविजित रहदै ३६ रन बनाएका थिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो।
पहिलो खेलमा चेन्नई दिल्ली क्यापिटलससँग ७ विकेटले पराजित भएको थियो। पन्जाबको यो पहिलो हार हो।